काँकरभिट्टा , ३१ जेठ । तुर्केनी स्पाेर्टस क्लबकाे आयोजनामा आगामी असार १ गतेदेखि ८ गतेसम्म झापा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रथम पुरस्कारकाे राशी काँकरभिट्टा भेट्रान क्लबले र दाेस्राे पुरस्कार मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले प्रायाेजन गर्ने पत्रकार सम्मेलनमा बताइएकाे छ ।
प्रतियोगिता तुर्केनी खेल मैदानमा हुनेछ ।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर वस्नेतकाे प्रमुुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमकाे सञ्चालन क्लबका काेषाध्यक्ष बिरबल लिम्बूले र खेल तालिकाका बारेमा खेल संयाेजक राजु गुरूङले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



