२०८३ जेष्ठ २९ शुक्रबार

मोटरसाईकल चोरी गरेको अरोपमा शनिश्चरेबाट दुईजना पक्राउ

शनिश्चरे। शनिश्चरेबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नम्बर प्लेट नभएको ईन्जिन नम्बर 03S5C18L185573 र चेसिस नम्बर N-E303S5C1HL529250  को बुलेट मोटरसाईकल सहित चोरीमा संलग्न रहेका माई नगरपालिका–६ महमाई इलामका २२ वर्षीय मनिस गिरी र २७ बर्षीय खगेन्द्र भारतीलाई पक्राउ गरेको हो ।

चोरीको मोटरसाईल सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहको छ ।

२०८० जेष्ठ २८, आईतवार प्रकाशित 1 Minute 362 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।