नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ । नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगामा रेकर्ड नै ब्रेक हुने गरी अधिकतम तापक्रम मापन भएको छ ।
२६ जेठ, काठमाडौं । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशभर तापक्रम बढेको उल्लेख गर्दै सरकारको तयारीबारे प्रश्न गरे ।

विश्वव्यापी रुपमा तापक्रम बढ्ने आगामी वर्ष झन् बढेर जाने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरे, ‘यसको तत्कालीन र दीर्घकालीन समाधानका निम्त सरकारले के गरिरहेको छ ?’
सांसद पौडेलले संसदमा प्रश्न उठाएजस्तै संसारभर चरम मौसम र उच्च तापक्रमको जोखिमबारे चेतावनी दिन थालिएको छ ।
विहीबार अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले अल निनो जलवायु परिवर्तन आउन लागेको चेतावनी दिएका छन् । यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको उनीहरूको भनाइ छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।






