२०८१ बैशाख १५ शनिबार

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

काठमाडौं । आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिइने भएको छ ।

सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले बिहीबार एक सूचना प्रकाशित गर्दै उक्त अवधिभर सडक खन्न स्वीकृति नदिइने जनाएको हो

सो कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने जनाइएको छ । त्यस अवधिमा कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

“…यही २०८० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

वर्षायाममा सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने कार्यालयले जनाएको छ ।

 

२०८० जेष्ठ २५, बिहीबार प्रकाशित 1 Minute 166 Views

ताजा समाचार