२०८१ बैशाख १४ शुक्रबार

झापाका थापासहित तीन जना कांग्रेसको प्रदेश १ संसदीय दलको नेताको दौडमा

झापा, १४ पुस । झापाका उद्धव थापासहित तीन जनाले नेपाली कांग्रेसको प्रदेश नं. १ को संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका छन् । कांग्रेसको प्रदेश १ संसदीय दलको नेताका लागि कांग्रेसको प्रदेश पार्टी कार्यालय विराटनगरमा राखिएको निर्वाचन कार्यक्रम अनुरुप उद्धव थापा, अमृत अर्याल र केदार कार्कीको उम्मेदवारी परेको छ ।

संसदीय दलको नेतामा यसअघि दाबी गरिरहेका भीम पराजुलीले भने उद्धव थापालाई समर्थन गरेका छन् । कार्कीको रामकुमार खत्री प्रस्तावक र शम्शेर राई समर्थक रहेका छन् । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र सुनिताकुमारी चौधरी समर्थक रहेका छन् । यस्तै थापाको प्रस्तावकमा भूपेन्द्र राई र समर्थकमा भीम पराजुली रहेका छन् । भोलि बिहान ९ बजेदेखि १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

९३ सदस्सीय प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ ।

२०७९ पुष १४, बिहीबार प्रकाशित 0 Minutes 233 Views

ताजा समाचार