२०८१ बैशाख १३ बिहीबार

स्व. प्रविण स्मृति फुटबल : आयोजक लायन एफसी धुलाबारी फाइनलमा

धुलाबारी । बिर्तामोडको चारपाने एफसीलाई स्तब्ध पार्दै आयोजक लायन एफसी धुलाबारी मेचीनगर-१० स्थित धुलाबारीमा जारी स्व. प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चारपानेलाई हराउन आयोजकका विजय मोक्तान नायक सावित भए । उनैको व्यक्तिगत २ गोलले आयोजक उपाधि नजिक पुगेको हो । पहिलो हाफको इन्जुरी समयमा विजय मोक्तानले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । उनैले दोस्रो हाफको १९औँ मिनेटमा व्यक्तिगत २ गोल गर्दै अग्रता दिलाएका थिए । उनी खेलको म्यान अफ दी म्याच बने । उनलाई आयोजकको तर्फबाट नगद १ हजार दिइयो ।

भोलि बुधबारेको आदर्श युवा क्लबले बाहुनडाँगीको डिएफसीसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । स्थानीय इष्ट होराइजन स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा खेलाडी स्व ग्वालको स्मृतिमा प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँगै ट्रफी पाउने छ ।

यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष डिके धिमालले जनाएका छन् । गोलनेपालबाट

२०८० जेष्ठ २४, बुधबार प्रकाशित 1 Minute 274 Views

ताजा समाचार