२०८१ बैशाख १५ शनिबार

मणिपुर हिंसा : उपचार गर्न हिँडेका घाइते आमा-छोरालाई जिउँदै जलाइयो

एजेन्सी । मणिपुरको राजधानी इम्फालमा हिंसात्मक भीडले तीन जनालाई जिउँदै जलाएको छ। यसमा आमा छोरा पनि पर्छन्। तीनैजना एम्बुलेन्समा उपचारका लागि गइरहेका थिए।

बाटोमा करिब दुई हजार मानिसको भीडले गाडीमा आक्रमण गरी आगजनी गरेको थियो। प्रहरीका अनुसार आगो लागेपछि खरानीमा हड्डी मात्र भेटिएको छ।

यो घटना आइतबार भएको भए पनि यसको पूर्ण विवरण दुई दिनपछि सार्वजनिक भएको हो। मृत्यु हुनेमा ७ वर्षीय टोन्सिङ ह्याङ्गिङ, उनकी आमा मीना ह्याङ्गिङ र उनकी आफन्त लिडिया लाउरेम्बम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पीडित तीन जनाले मे ३ देखि इम्फालबाट १५ किलोमिटर पश्चिममा रहेको काङ्चुपमा रहेको असम राइफल्सको शिविरमा शरण लिएका थिए। अधिकारीका अनुसार असम राइफल्सको शिविरमा धेरै कुकी परिवार बसिरहेका छन्।

बाहिरबाट बेलाबेलामा गोली चलिरहेको छ। मेइती समुदायका मानिसहरूले कुकीहरू बसोबास गर्ने क्षेत्रहरूलाई लक्षित गरिरहेका छन्।

आगलागीमा परी मृत्यु हुने आमा मेइती समुदायकी हुन् जसले कुकीसँग विवाह गरेकी थिइन्। मृतकका आफन्त पाउलेनलाल ह्याङिङले भने, ‘हामीले मे ३ गतेदेखि मेइती समुदायको अत्याचारको सामना गरिरहेका छौँ।’

तर आइतबारको यो घटनाले मणिपुरमा भइरहेको हिंसालाई चौतर्फी रुपमा चिन्ता बढाइदिएको छ।

२०८० जेष्ठ २४, बुधबार प्रकाशित 1 Minute 211 Views

ताजा समाचार