२०८३ जेष्ठ २९ शुक्रबार

बिर्तामोड बसपार्कको होटलमा ब्राउनसुगरको कारोबार, दुई जना पक्राउ

बिर्तामोड, २२ जेठ । नयाँ बसपार्कमा (बिर्तामोड बसपार्क) को एक होटलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार बेलुका अर्जुनधारा-११ बसपार्कस्थित रहेको मेमेङ होटल एण्ड लजमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त होटलको रुम नम्बर १०१ मा बस्ने अर्जुनधारा-१० का ३० वर्षीय विक्रम लिम्बु र पाँचथर फिदिम नगरपालिका-१ का ३४ वर्षीय मदन मगरलाई पक्राउ गरेको हो ।

मगरले प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा ब्राउनसुगर ३६ ग्राम, डिजिटल तराजु एक थान र २ हजार ५३० रुपैयाँसहित फेला पारी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

२०८० जेष्ठ २२, सोमबार प्रकाशित 1 Minute 458 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।