दमक । झापामा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–८ निवासी ७८ वर्षीय मोतीराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आइतबार दिउँसो घाँस काट्न मकै बारीमा गएका उनी अत्यधिक गर्मीका कारण त्यहाँ ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दीपेश दाहालले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



