
दमक । झापामा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–८ निवासी ७८ वर्षीय मोतीराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आइतबार दिउँसो घाँस काट्न मकै बारीमा गएका उनी अत्यधिक गर्मीका कारण त्यहाँ ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दीपेश दाहालले जानकारी दिए ।
२०८० जेष्ठ २२, सोमबार प्रकाशित
0 Minutes
546 Views