२०८० फाल्गुन २१ सोमबार

अत्यधिक गर्मीका कारण मेचीनगरका विद्यालय दुई दिन बन्द

मेचीनगर, जेठ १८ । अत्याधिक गर्मी बढेको कारण मेचीनगर नगरपालिकाले नगर क्षेत्रका विद्यालयलाई दुई दिन बिदा दिन भएको छ ।

मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना जारी गर्दै आगामी बर्खे विदाबाट कट्टा हुनेगरी बिहिबार (आज) र शुक्रबार (भोली) विद्यालय विदा गर्न निर्देशन गरेका छन् ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले मेचीनगर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय विदा दिन उनले जानकारी गराएका छन् । विगत केहिदिनदेखि बढिरहेको अत्याधिक गर्मीका कारण जिल्लाका अन्य पालिकाले पनि विद्यालय विदा दिन सुचना जारी गरिरहेका छन् ।

यसअघि कचनकवल गाउँपालिकाले बुधबार नै सुचना निकालेर पालिका भित्रका विद्यालय ५ दिन विदा हुने जानकारी गराएको थियो ।

२०८० जेष्ठ १८, बिहीबार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार