२०८३ जेष्ठ २९ शुक्रबार

झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो। घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८० जेष्ठ १४, आईतवार प्रकाशित 1 Minute 575 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।