२०८१ बैशाख ८ शनिबार

कोशी प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा, १७ जना आन्दोलनकारी पक्राउ

१४ जेठ, विराटनगर । प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उनले बताए । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदेश सभातर्फ जाने चारतिरकै सडक खटिएको प्रहरीले बटुवालाई पनि फर्काइरहेको छ ।

विराटनगर आउने  सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाइ गरेको छ । प्रहरी प्रवक्ता दाहालले सुरक्षा सतर्कता उच्च बनाइएको बताए ।

कोशी प्रदेश सभाको दोस्रो एवम् बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।  प्रदेश सभाले गत फागुन १७ गते  प्रदेशको नाम राखपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

तस्वी र सौजन्य : प्रेम देवान

२०८० जेष्ठ १४, आईतवार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार