२०८३ जेष्ठ २१ बिहीबार

प्रधानमन्त्री प्रचण्डले दिए रवि लामिछानेलाई जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार न्यूनीकरणमा सरकारको मुटु नहल्लिएको बताएका छन् ।

वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले शंका गर्नुभन्दा सरकारको संकल्पको पक्षमा उभिन आग्रह गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

यही जेठ १० गतेको संसद् बैठकमा लामिछानेले प्रधानमन्त्रीको मुटु हल्लिएको हो कि होइन भन्दै प्रश्न गरेका थिए । उनले मुटु जाँच गराउन भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गरेका थिए ।

“एकजना माननीयले प्रधानमन्त्रीको मुटु हल्लिएको भन्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “विल्कुल आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिन आग्रह गर्दछु ।”

२०८० जेष्ठ १३, शनिबार प्रकाशित 0 Minutes 441 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।