२०८३ जेष्ठ २९ शुक्रबार

बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट ८ वर्षिया बालिकाको मृत्यु

बुद्धशान्ति । बुद्धशान्ति-४ स्थित जोरलाबरमा शनिबार विद्यालय बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा पश्चिम तर्फबाट पूर्वतर्फ जाँदै गरेकोे ना ४ ख १३१३ नं को शान्ति आदर्श मावि शान्तिनगरको स्कुल बसले बाटोमा हिँड्दै गरेकी ८ वर्षीया सोमिया तामाङलाई ठक्कर दिएको र उपचारको क्रममा बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा लगिएको थियो । उपचारको क्रममा सोमियाको साँझ ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त स्कुल बस चालक इलाम रोङ-५ का ५२ वर्षिय प्रेम कुमार राईलाई प्रहरीले नियन्त्रण गरेको छ ।

२०८० जेष्ठ १३, शनिबार प्रकाशित 1 Minute 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।