२०८१ बैशाख १२ बुधबार

बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक युवक पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-५ कृष्ण हल छेउमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । हिजो मङ्गलवार राती ९ बजे मे ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी गरेर डोर्‍याउँदै लैजाँदै गरेको अवस्थामा बिर्तामोड- १० का १८ वर्षीय  हपन हेमरनलाई इलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गरेको हो । चोरीको मोटरसाइकलसहित पक्राउ परेका हेमरनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 1 Minute 197 Views

ताजा समाचार