२०८३ जेष्ठ २९ शुक्रबार

बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक युवक पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-५ कृष्ण हल छेउमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । हिजो मङ्गलवार राती ९ बजे मे ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी गरेर डोर्‍याउँदै लैजाँदै गरेको अवस्थामा बिर्तामोड- १० का १८ वर्षीय  हपन हेमरनलाई इलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गरेको हो । चोरीको मोटरसाइकलसहित पक्राउ परेका हेमरनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 1 Minute 416 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।