२०८३ जेष्ठ २१ बिहीबार

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलले दायर गरे मुद्दा

काठमाडौं । सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतमा दायर गरेको छ ।

पक्राउ परेका १६ जनासहित फरार रहेकाहरूलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो । मुद्दाको दर्ता नम्बर २२७१ हो ।

यस प्रकरणमा पहिलो व्यक्ति पक्राउ परेको ६०औँ दिनमा मुद्दा दर्ता भएको हो ।

दुई महिनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयलाई सोमबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलले मुद्दा दायर गरेका हुन् ।

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 0 Minutes 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।