२०८३ जेष्ठ २९ शुक्रबार

काठमाण्डाै उपत्यकामा भाेलि सार्वजनिक बिदा

काठमाण्डाै । भोटो जात्राको अवसरमा सरकारले काठमाण्डाै उपत्यकाका तीन वटा जिल्लामा भाेलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएकाे हो ।

भाेलि बेलुकी साढे ४ बजे ललितपुरकाे जावलाखेलमा रातो मत्स्येन्द्रनाथकाे भोटो देखाइनेछ । भाेलि बिहान बुङ्गमतीबाट मत्स्येन्द्रनाथकाे भोटो ल्याइनेछ । यसरी जावलाखेलमा भोटो देखाइसकेपछि फेरि बुङ्गमतीमै पुर्‍याइनेछ ।

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 0 Minutes 300 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।