२०८१ बैशाख ११ मंगलवार

कोशी प्रदेश : माओवादी केन्द्रलाई सरकार छाड्न काँग्रेसको आग्रह

विराटनगर । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको छ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले जेठ ४ गते बसेको संसदीय दलको बैठकको निर्णयबमोजिम माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण बनाउन आग्रह गर्दै पत्राचार गरिएको हो।

पत्रमा उल्लेख गरिएको छ, ‘प्रस्तुत विषयमा संविधानको रक्षा र देशको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै विगत २०७९ को आमनिर्वाचनमा विभिन्न राजनीतिक दलहरु मिलेर गठबन्धन गरी निर्वाचन लडेको व्यहोरा सर्वविदितै छ। निर्वाचनको परिणामपछि गठबन्धन दलमा केही मतभेद देखापरि गठबन्धन दलमा केही फेरबदल भै सम्माननीय राष्ट्रपतिको निर्वाचनअघि पुनः गठबन्धन दलहरु एकै ठाँउमा उभिएको कुरासमेत जगजाहेर छ। यसै सन्दर्भमा संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धनअनुसार नै सरकार गठन भैसकेको अवस्थामा गठबन्धन दलहरुको मर्म र भावनाअनुरुप कोशी प्रदेशमा संघीय गठबन्धन अनुरुप नै सरकार गठन गर्नको लागि गठबन्धन दलहरुबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गर्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको मिति २०८०/०२/०४ को निर्णयबमोजिम तपाईंहरुको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तय गर्न हुन आग्रह गर्छु।’

यता माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काँग्रेस संसदीय दलबाट आएको पत्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई जानकारी गराउने बताए।

उनले केन्द्रीय गठबन्धनको शीर्ष तहमा हुने सहमति/समझदारीलाई माओवादी प्रदेश संसदीय दलले कार्यावन्यन गर्नेसमेत बताए।

२०८० जेष्ठ ९, मंगलवार प्रकाशित 0 Minutes 156 Views

ताजा समाचार