२०८३ जेष्ठ २९ शुक्रबार

बुद्धशान्तिमा एउटा जंगली हात्ती मृत फेला

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका- ३ मा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

साबिक बुधबारे गाविस- ८ शितलचोकका एकजना किसानको खेतमा सोमबार बिहान सो हात्ती मृत फेला परेको हो । करिव २५ वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पुबाट टोली बोलाइएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताए ।

यो सहित यस वर्षमात्र झापामा विद्युतीय करेन्टका कारण दुईवटा हात्तीको मृत्यु भइसकेको छ । गत वर्ष तीनवटा हात्ती त्यसरी मारिएका थिए ।

२०८० जेष्ठ ८, सोमबार प्रकाशित 1 Minute 367 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।