२०८१ बैशाख १५ शनिबार

बुद्धशान्तिमा एउटा जंगली हात्ती मृत फेला

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका- ३ मा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

साबिक बुधबारे गाविस- ८ शितलचोकका एकजना किसानको खेतमा सोमबार बिहान सो हात्ती मृत फेला परेको हो । करिव २५ वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पुबाट टोली बोलाइएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताए ।

यो सहित यस वर्षमात्र झापामा विद्युतीय करेन्टका कारण दुईवटा हात्तीको मृत्यु भइसकेको छ । गत वर्ष तीनवटा हात्ती त्यसरी मारिएका थिए ।

२०८० जेष्ठ ८, सोमबार प्रकाशित 1 Minute 164 Views

ताजा समाचार