२०८१ बैशाख १२ बुधबार

गंगा मेमोरियल र एमएटी पब्लिक स्कुल विजयी

मेचीनगर । मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रातर्फ गंगा मेमोरियल स्कुल र छात्रतर्फ एमएटी पब्लिक स्कुल विजयी भएका छन् ।

मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको पहिलो खेलमा छात्रातर्फ एमएटी पब्लिक स्कुललाई १८ रनले पराजित गर्दै गंगा मेमोरियल स्कुल विजयी भएको छ । गंगा मेमोरियलले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गर्दै गंगा मेमोरियलले ५८ रन जोड्यो । ५९ रनको लक्ष्य पाएको एमएटी पब्लिक स्कुल ४० रनमै समेटियो ।

खेलको प्लेयर अफ द म्याच १ विकेट लिँदै १७ रन जोड्न सफल विजेता टिमकी शोभा चौहान घोषित भइन् ।

त्यस्तै आज नै भएको छात्र तर्फको खेलमा एमएटी पब्लिक स्कुलले अरूणोदय आवसिय माविलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको अरूणोदयले ७५ रन बनायो । ७६ रनको लक्ष्य लिएर ब्याटिङको लागि मैदान छिरेको एमएटी पब्लिकले आफ्नो लक्ष्य भेटाउन सफल भयो । खेलको प्लेयर अफ द म्याच २ विकेट लिदैं १६ रन जोड्न सफल विजेता टिमका आदित्य गौतम घोषित भए ।

प्रतियोगितामा भोलिको खेल छात्र र छात्रा तर्फ दुवै खेल तारापुञ्ज अंग्रेजी मावि र काँकरभिट्टा मावि बिच हुने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।

फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

२०८० जेष्ठ ७, आईतवार प्रकाशित 0 Minutes 170 Views

ताजा समाचार