२०८३ जेष्ठ २९ शुक्रबार

मेची क्याम्पस र विद्यार्थीबीच सहमति, बीएससी सीएसआइटी विभाग लगाइएको ताला खुल्यो

भद्रपुर । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसद्वारा सञ्चालित बीएससी सीएसआइटी विभागमा विद्यार्थीले लगाएको ताला पाँच दिन पछि आज खुलेको छ ।

एमएमसी बीएससी सीएसआइटी संघले राखेको एक सूत्रीय माग क्याम्पस प्रशासन पक्षले पूरा गरेपछि विभागमा लगाइएको ताला खोलिदिएको एमएमसी बीएससी सीएसआइटी संघका अध्यक्ष भास्कर रिजालले जानकारी दिए। विद्यार्थीले आइतबारदेखि तालाबन्दीको कार्यक्रम गर्दै पठनपाठन समेत ठप्प पारेपछि आज बिहान दुवै पक्षबीच सहमति भएको थियो ।

क्याम्पस प्रशासनले बीएससी सीएसआइटी रिक्त रहेको पदमा प्रोग्राम कोडिनेटरमा प्रा.डा सरोज नेपाल र डेपुटी कोडिनेटरमा राजु पौडेललाई नियुक्ति गरेपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम समेत फिर्ता लिएको उनले बताए । २०७५ सालदेखि क्याम्पसमा बीएससी सीएसआइटी विषयमा पठनपाठन हुँदैछ। हाल बीएससी सीएसआइटी विषयमा ५ वटा ब्याच गरी करिब १७० जना विद्यार्थीहरू अध्ययनरत छन्।

२०८० जेष्ठ ५, शुक्रबार प्रकाशित 0 Minutes 298 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।