२०८१ बैशाख ७ शुक्रबार

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : सुर्योदय र अरुणोदय मावि विजयी

मेचीनगर । झापाको मेचीनगरमा बिहिबारदेखि सुरु भएको झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुर्योदय आवसिय मावि र अरुणोदय अंग्रेजी माविले विजयी सुरुवात गरेको छ ।

मिलन क्रिकेट क्लबको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत आज भएको छात्रा तर्फ उद्घाटनको पहिलो खेलमा सुर्योदय आवसिय माविले काँकरभिट्टा माविलाई ९ विकेटले पराजित गरेको छ । काँकरभिट्टा माविले सबै विकेट गुमाएर ४९ रन जोडेको थियो । ५० रनको तार्केट लिएर मैदान उत्रेको सुर्योदयले ९ विकेटले विपयी हासिल गर्यो । खेलको प्लेयर अफ द म्याच २ विकेट लिँदै २० रन जोड्ने विजेता टिमकी अदिती अधिकारी घोषित भइन् ।

त्यस्तै आज नै भएको छात्र तर्फको खेलमा अरुणोदय अंग्रेजी माविले विजयी सुरुवात गरेको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको अरुणोदय ७९ रन जोडेको थियो । ८० रनको तार्केट लिएर मैदान उत्रेको सुर्योदय आवसिय माविले ३१ रन मात्रै जोड्न सक्यो । खेलको प्लेयर अफ द म्याच विजेता २ विकेट लिँदै ६ रन जोड्ने विजेता टिमका सुदिप गौतम घोषित भए ।

प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट किप्पर र उत्कृष्ट क्याचका रुपमा खेलाडी छनोट गरी अवार्ड प्रदान गरिने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।

२०८० जेष्ठ ५, शुक्रबार प्रकाशित 0 Minutes 275 Views

ताजा समाचार