२०८१ बैशाख ८ शनिबार

झापाबाट मोटरसाइकल चोरेर भारतमा बेच्ने दुईजना समातिए

झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-५ बस्ने २३ वर्षीय प्रकाश गनगाई र सिन्धुली घर भई हाल झापा-६ बस्ने २० वर्षीय रोशन दमाई रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत ६ गते राती झापा-५ बस्ने सूर्यनारायण गणेशले प्रयोग गर्दै गरेको १५० सिसीको प्र १-०१-१२ प ८०५० नम्बरको पल्सर घरकै बरन्डाबाट चोरी भएको थियो । मोटरसाइकल चोरी भएको हप्ता दिन पछि भारतमा लगेर बेचेको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीको कमान्डमा रहेको टोलीले आरोपीसँग सुराग हात पारेपछि मोटरसाइकल सम्म पुगेको थियो । भारतको बिहार स्थित तुलसियामा भारतीय प्रहरीको सहयोगमा मोटरसाइकल नेपाल ल्याउन प्रहरी सफल भएको हो।

गनगाईलाई आशङ्का गरी प्रहरीले कुरा खोतले पछि गनगाईले मोटरसाइकल चोरेर भारत लगेर बेचेऊ भनेपछि प्रहरीलाई सुराग मिलेको थियो। भारतको तुलसियामा सो मोटरसाइकल १२ हजारमा गनगाईले बेचेको प्रहरीले बताएको छ। चोरीमा संलग्न दुबैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७९ पुष १३, बुधबार प्रकाशित 1 Minute 395 Views

ताजा समाचार