२०८१ बैशाख १३ बिहीबार

भारतको एनजेपीमा नेपाली सुमो दुर्घटना, १ को मृत्यु, ५ घाइते

काँकरभिट्टा । बिहिबार काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

विहीबार विहान साढे ७ वजे काँकरभिट्टाबाट एनजेपी हिडेको मे १ च ६६८५ नम्बरको एम्वेसी परमिट सोतो रंगको सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको सुमोधनी विनोद तामाङले जानकारी दिए ।

उनले नक्सलबाढी छेउ पुग्दा सुमोको पिछाडीको चक्का फुस्किएर ट्याक्टरमा गएर ठोकिएको बताएका छन् ।

गाडीमा सवार सबैजना भारत आसामको भएको उनको भनाई छ । भारतीय प्रहरीले घाइतेहरुलाई उपचारका लागि सिलीगुडी पठाइएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले सुमो दुर्घटना भएको बताए । उनका अनुसार दुर्घटनामा १ जनाको मृत्यु भएको खवर प्राप्त भएको छ । थप जानकारी आउँन बाँकी छ ।

आसामबाट केहि दिनअघि नेपाल आएका उनीहरु विभिन्न जिल्ला भ्रमण गरेर घर फर्किएको बुझिएको छ ।

२०८० जेष्ठ ४, बिहीबार प्रकाशित 0 Minutes 189 Views

ताजा समाचार