२०८३ जेष्ठ २१ बिहीबार

‘कोशी प्रदेश’का प्रस्तावक पूर्वमन्त्री राम रानामाथि आक्रमण, गाडी तोडफोड

झापा । ‘कोशी प्रदेश’ नाम राख्ने क्रममा प्रस्तावक नेकपा एमालेका प्रदेश सभा सदस्य राम राना सवार गाडीमा पहिचानवादीले बुधबार आक्रमण गरेका छन्।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका राना सवार गाडीमा पहिचानवादीले ढुंगामुढा गरेर फुटाइदिएका हुन्।

इलामको माङसेबुङ गाउँपालिकामा राना सवार गाडीमाथि पहिचानवादीले ढुंगामुढा गर्दा पछाडीको शिशासहितको भागमा क्षति पुगेको छ।

उक्त घटनालाई लिएर एमालेले आपत्ति प्रकट गरेको छ। एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रानामाथि भएको आक्रमणको एमालेले भर्त्सना गरेको हो।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति निकालेर घटनामा संलग्नलाई पक्राउ गरी  कारबाही गर्न माग गरेका छन्। उनले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पनि गठबन्धन सरकारसँग माग गरेका छन्।

यसअघि गत १७ फागुनमा एमाले र नेपाली कांग्रेसका सांसद मिलेर प्रदेशको नामसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए।

त्यसबेला कोशी नामका लागि एमाले सांसद राम रानामगर प्रस्तावक बसेका थिए। त्यसैगरी कांग्रेस सांसद भूमिप्रसाद राजवंशी र एमालेका अर्का सांसद निरन राई समर्थक थिए।

एमाले सांसद मगर इलाम-२ (ख)‚ कांग्रेस सांसद झापा-३ (क) राजवंशी र एमाले सांसद राई धनकुटा (क) बाट विजयी भएका थिए।

 

२०८० जेष्ठ ३, बुधबार प्रकाशित 1 Minute 464 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।