२०८१ बैशाख १३ बिहीबार

होलिवेलको स्थापना दिवसमा शिक्षक सम्मानित

मेचीनगर, ३ जेठ । मेचीनगरकै उत्कृष्ट शैक्षिक थलो होलिवेल इङ्ग्लिस सेकेन्डरी स्कूल २३ औं वर्षमा प्रवेश गरेको छ । २०५७ सालमा स्थापना भएर शैक्षिक क्षेत्रमा निरन्तर अघि बढिरहेको होलिवेल स्कूल मेचीनगर-९ धुलाबारीमा सञ्चालित छ ।

२३ औं वर्षमा प्रवेश गरेको अवसरमा मंगलवार विद्यालय परिसरमा स्थापना दिवस मनाइएको छ । विद्यालय परिसरमा केक काटेर दियो बाली स्थापना दिवस मनाइएको हो । सो अवसर विद्यालय प्रशासनले कार्यरत शिक्षक शर्मिला आङ्दाम्बेलाई नगदसहित सम्मान गरेको छ । उनी सो विद्यालयमा स्थापनाकालदेखि नै अध्यापन गराउँदै आएकी छिन् । सोही अवसरमा विद्यालयमा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

विद्यालयका संस्थापक अमृता प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाइस प्रिन्सिपल सागर शर्मा, सह-इञ्चार्ज सुरज कार्की लगायतले विद्यालयका गतिविधि तथा भावी शैक्षिक योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रिन्सिपल अरिस्ता प्रधानको आतिथ्यता रहेको थियो ।
पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्दै आएको होलिवेलले अब्बल विद्यार्थी उत्पादन गर्दै आएको छ । सोही विद्यालयमा पढेका अधिकांश विद्यार्थी माथिल्लो कक्षामा पढ्दै रोजगारी गर्दै आएका छन् ।

२०८० जेष्ठ ३, बुधबार प्रकाशित 1 Minute 649 Views

ताजा समाचार