नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् तथा यती समूहका अध्यक्ष सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर ३४ मिनेटमा सोनामले सगरमाथाको चुचरोमा पाइला टेकेको उनकी छोरी दावाफुटी शेर्पाले जानकारी दिइन् ।
यसअघि श्रीमती पासाङसँगै सगरमाथाको शिखर चुम्ने सोनामको प्रयास असफल भएको थियो । दुवै जना सगरमाथा आरोहणका लागि गएकोमा सोनाम क्याम्प २ बाटै फर्केका थिए । तर, पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन् ।

शिखर चुमेर फर्किने क्रममा उनको निधन भएको थियो । सोनामले यसअघि ६वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् । सगरमाथासमेत आरोहण गरेर उनले सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने आफ्नो सपना पूरा गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



