२०८३ जेष्ठ २९ शुक्रबार

स्थापना दिवसमा वृद्धलाई सहयोग, दिप प्रज्ज्वलन

मेचीनगर । राष्ट्रिय युवा संघ नेपालको ३४ औँ र अनेरास्ववियु ५९ औं स्थापना दिवसको अवसरमा दुवै संगठनको जिल्ला कमिटीले रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । ती संगठनले सोमबार बिर्तामोडस्थित वृद्धाश्रमलाई सहयोग गर्नुका साथै साँझपख दिप प्रज्ज्वलन गरेको छ ।

ती संगठनले बिर्तामोडको परोपकार अनुसन्धान केन्द्रमा आश्रित वृद्ध आमाबुवालाई सम्मान, खाना खुवाउनुका साथै दुईवटा खाट निर्माणका लागि नगद २२ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव अनिता कङ्दवा, केन्द्रीय सदस्य राज लिम्बू, जिल्ला अध्यक्ष फुर्वा लामा, अनेरास्ववियु केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष रोशन लामा, जिल्ला उपाध्यक्ष बलराम गिरी, सचिव नारायण पोख्रेल, जिल्ला कार्यालय सचिव सन्तोष धमलाको उपस्थिति रहेको थियो ।

संगठनको केन्द्रीय सर्कुलर बमोजिम सबै पालिका अन्तर्गत कार्यक्रम गर्ने निर्देशन बमोजिम राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु मेचीनगरले मेचीनगर-१३ स्थित चारआली चोकमा दिप प्रज्ज्वलन गरेको छ ।

कार्यक्रममा संघका प्रदेश सचिवालय सदस्य तथा क्षेत्र नं १ इन्चार्ज रघुनाथ धिमाल, जिल्ला सचिवालय सदस्यद्वय तथा क्षेत्र नं १ इन्चार्ज सरोज मेहरा, मेचीनगर इन्चार्ज कृष्ण श्रेष्ठ, पूर्व जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज राजु धिमाल, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा मेचीनगर इन्चार्ज संस्कृति रिजाल, नेकपा एमाले वडा नं १३ का अध्यक्ष भोजराज पराजुलीको उपस्थिति रहेको थियो ।

२०८० जेष्ठ २, मंगलवार प्रकाशित 1 Minute 652 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।