२०८१ बैशाख १५ शनिबार

टोपबहादुरको बयान राति सकियो, खाँणको मात्र बाँकी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान लिने कार्य हिजो राति सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको हो ।

हिजो अपराह्नदेखि बयान लिन सुरु गरिएको थियो । राति करिब ९ बजेतिर बयान लिने कार्य सकिएको सो कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानले जानकारी दिए ।

“उहाँ (टोपबहादुर रायमाझी)को बयान हिजो (सोमबार) राति ९ बजे सकिएको हो,” उनले भने ।

उनका अनुसार यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबाहेक सबैको बयान लिने कार्य सकिएको छ । खाँणको बयान लिने कार्य आज सकिने उनले बताए ।

रायमाझीलाई गएको आइतबार बेलुका प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी हाल प्रहरी हिरासतमै छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका खाँण पनि प्रहरी हिरासतमै छन् । पछिल्लोपटक गएको आइतबार उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालते अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आज पनि उनको बयान लिने कार्य हुनेछ ।

आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो । बाह्रखरी

२०८० जेष्ठ २, मंगलवार प्रकाशित 0 Minutes 151 Views

ताजा समाचार