
झापा । कनकाई नहरमा डुबेर एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- १० निवासी २८ वर्षीया कमला राई रहेको प्रहरीले जनाएको छ । सोमवार दिउसो २ बजेको समयमा गाई बस्तु हेर्न गएकी राईको शिवसताक्षी- १० स्थित सिचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

२०८० जेष्ठ २, मंगलवार प्रकाशित
1 Minute
199 Views