२०८१ बैशाख ८ शनिबार

पक्राउ पर्दा रक्सीले मातेका थिए रायमाझी, प्रहरीलाई भने– एक गिलास बियर खाएकाे हुँ

प्रहरीले ११ दिनदेखि भागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आइतबार बेलुका पक्राउ गरेको छ । बुटबलबाट सम्पर्कविहीन भएका रायमाझी काठमाडाैंकाे बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

उनलाइ आज प्रहरीले अनुसन्धानको लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने छ । ११ दिन अघिनै प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुँवरलाई फोन गरेर आफैँ प्रहरी कार्यालयमा पुग्ने बताएका उनी फरार भएका थिए ।

उनको खोजीको लागि प्रहरीको सीआईबीको टोली भारतको दिल्लीसम्म पुगेको थियो । तर, आइतबार राति उनलाई रक्सी खाएर झुम्मिएको अवस्थामा प्रहरीले फेला पारको हो ।

स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको  थियो । रायमाझीलेसमेत एक गिलास बियर खाएको जवाफ दिएका थिए । उनको कान्तिपुर अस्पताल तीनकुनेमा स्वास्थ्य परीक्षण गरिएकाे थियो ।

उनलाई प्रहरीले सोह्रखुट्टे वृत्तको हिरासतमा राखेको छ । शिलापत्र

२०८० जेष्ठ १, सोमबार प्रकाशित 0 Minutes 191 Views

ताजा समाचार