२०८३ जेष्ठ २१ बिहीबार

कांग्रेसका दुई महामन्त्रीले राखे खाँणलाई निलम्बन गर्ने प्रस्ताव

पदाधिकारी बैठक जारी राख्ने, भोलि पूर्वपदाधिकारीसहितको बैठक

काठमाडौ । नेपाली कांग्रेसका दुई महामन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका छन्।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका हुन्।

‘केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ पर्नु भएको छ । नक्कली भुटानी शरणार्थी  प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न उहाँलाई निलम्बन गर्नुपर्छ,” महामन्त्री थापाको भनाई उधृत गर्दै एक पदाधिकारीले भने,”कामना गरौ उहाँ अनुसन्धानबाट निर्दोष भएर आउनुहुनेछ।”

ती पदाधिकारीका अनुसार अर्का महामन्त्री शर्माले पनि अहिले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्दा त्यसले तटस्थ अनुसन्धानमा सहयोग पुर्‍याउने र निर्दोष भएर फर्किदा पार्टी र उनको इज्जत बढ्ने बताएका थिए।

आजको पदाधिकारी बैठक सकिएको छ। भोलि पूर्वपदाधिकारीसहितको बैठक डाकिएको छ। आजको बैठकमा प्रकाशमान सिंह मात्र पूर्वपदाधिकारी थिए।

२०८० बैशाख २७, बुधबार प्रकाशित 1 Minute 389 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।