२०८१ बैशाख २२ शनिबार

विभेदविरुद्ध मेची-महाकाली साइकल यात्रा

काँकरभिट्टा । जस्तो सुकै विभेदरुद्ध मेची-महाकाली साइकल यात्रा सुरु गरेका तीन पत्रकार महिला मंगलबार साँझ पुर्वी नाका मेची आइपुगे । जातीय, क्षेत्रीय, लैंगिक लगायतका विभेदबिरुद्धको अभियानका यी सहयात्रीले एकै स्वरमा भने, ‘कानुन बनाएर मात्रै हुन्न, कार्यान्वयनमा पनि जोड दिनु पर्यो ।’

रेडियो नेपालमा कार्यरत बुटवलकी रिता बुढाथोकी, नवलपरासीकि सगिता नेपाली र अर्धखाँचीकी इन्दिरा बिश्वकर्माले बैशाख ६ गतेदेखि महाकालीबाट यात्रा सुरु गरेका थिए । तीनै जना रास्ट्रिय दलित पत्रकार संघमा आवद्ध छन् । एक हजार २८ किलोमिटर यात्रा दैनिक ५१ किलोमिटरका दरले उनीहरुले २० दिनमा पुरा गरेका हुन् ।

साइकल यात्रीहरुलाई मेची-महाकाली साइकल यात्रा गर्ने पहिलो पत्रकार मुक्ति पौडेल, नेपाल प्रेस युनियनका कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, कान्तिपुर दैनिकका उप-सम्पादक पर्वत पोर्तेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, रातोपोस्ट मिडियाका सम्पादक दिलिप थापा, होटल ब्यवसायी अर्जुन सुब्बा, स्थानीय समाजसेवी बाबूराम किके र काशीनाथ पाैडेललगायतले स्वागत गरेका थिए ।

२०८० बैशाख २७, बुधबार प्रकाशित 1 Minute 560 Views

ताजा समाचार