५ जना प्रहरी घाइते
झापा । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

मंगलबार साँझ दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।
प्रहरी र प्रदर्शनकारी दुबैतर्फका घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



