
२६ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले पर्यटन र वनले प्रदेशलाई पाल्न सक्ने बताएका छन् । पर्यटन पूर्वाधार विकास र वनको उचित प्रयोगबाट संकलन हुने राजस्वले प्रदेशलाई पाल्ने बताएका हुन् ।
पर्यटन,वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्री जीवन अचार्यले यस्तो बताएका हुन् ।

तर स्पष्ट नीति नहुँदा बजारमा काठको माग धान्न विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । पर्यटन,वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा प्रदेश १ मा ११ लाख ६१ हजार क्युफिट काठ अमेरिका, म्यानमार, इन्डोनेसिया र मलेसियाबाट आयात भएको छ ।
संघीय सरकारको नीतिका कारण नेपालका काठ भने जंगलमै सडन् थालेको पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले बताए ।