२०८१ बैशाख १५ शनिबार

दमकमा लागुऔषध कारोबारी बढे, नियन्त्रण गर्न समुदायको सहयोग आवश्यक : डीएसपी लामा

दमक, २५ बैशाख । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले शान्तिसुरक्षा मजवुत बनाउन समुदायको सहयोग आवश्यक भएको बतााएका छन् ।

दमकका सञ्चारककर्मीहरुसंग भेटघाटका क्रममा डिएसपी लामाले प्रहरीको एक्लो प्रयासले मात्र शान्तिसुरक्षा सुढृण बनाउन नसकिने भएकाले हरेक नागरिकको साथ प्रहरीलाई चाहिएको सुनाए । तीन महिना अघि दमक प्रहरीको कमाण्ड सम्हाल्न आएका उनले दमकलाई अपराध तथा भयरहित, शान्त नगर बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिए ।

दमकमा लागूऔषध मुख्य समस्या भएको चर्चा गर्दे उनले लागूऔषध नियन्त्रणका लागि समुदाय स्तरमा सचेतनासंगै त्यसमा संलग्नलाई पक्राउ गरि कारवाहीको संख्या उच्च भएको जनाए । लागूऔषध समाजका लागि साझा चुनौती भएकाले पनि यसको नियन्त्रण घरपरिवार,समाज जिम्मेवार रहेको उनले प्रष्टयाए ।

२०८० बैशाख २५, सोमबार प्रकाशित 0 Minutes 127 Views

ताजा समाचार