२०८३ जेष्ठ २१ बिहीबार

कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्छ : विश्वप्रकाश

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्ने बताएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा राजनीतिक नेतृत्व मुछिएको विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ । तर कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो दल, मेरो नेता भक्न्न पाइन्नँ ।’

यो अमुक दल वा नेताको विषय नभएको भन्दै उनले सम्बन्धित निकायले छानबिन गर्ने बताए ।

यो बेला राजनीतिक दलहरुले निर्दोष नपरुन, दोषीलाई कानुनी कारबाही गर्नुपर्छ भनेर मात्र भन्नुपर्ने महामन्त्री शर्माले बताए ।

२०८० बैशाख २२, शुक्रबार प्रकाशित 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।