मेचीनगर । झापाको मेचीनगर-७ इटाभट्टास्थित गारमेन्ट उद्योगमा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारतीका अनुसार उद्योगका अध्यक्ष नगेन्द्र खरेलले सञ्चालन गरेको ’वेस्टन फेसन एपारेल’मा लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको हो ।


प्रहरीका अनुसार बैसाख २० गते बुधबार राती ८ बजेबाट लागेको आगो निभाउन मेचीनगर नगरपालिकाको २ वटा दमकल प्रयोग गरिएको थियो ।

त्यस्तै, नेपाल प्रहरी, मेचीनगरका नगर प्रहरी, आगो नियन्त्रणका लागि खटिएका थिए ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि करिब १ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । उद्योगका अध्यक्ष खरेलका अनुसार उधोगमा विद्युत सर्ट भई आगो लागेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



