२०८३ जेष्ठ २९ शुक्रबार

मेचीनगरमा भन्सार छलीका झन्डै २३ लाख बराबरको सामान बरामद

मेचीनगर । मेचीनगरमा भन्सार छलेर ल्याएका झन्डै २३ लाख बराबरको सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका-६ स्थित काली खोला छेउमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकबाट प्रहरीले झन्डै २३ लाख बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

ट्रकका चालक भारत जल्पाइगुडी बुलेट पञ्चायत थाना कर्तली बस्ने ३८ वर्षीय निरन्जन रायलाई प्रहरीले पक्राउ गरेको हो।

डब्ल्युबी ७३ ए ४२६६ नम्बरको भारतीय नम्बरको ट्रक भन्सार कार्यालय भित्र प्रवेश गरी एक दिनको भन्सार काटेर निस्किएको थियो। उक्त ट्रक खाली नै देखाइएको थियो।

तर शंका लागेर प्रहरीले ट्रकलाई पछ्याएको थियो। त्यसक्रममा रोकेर चेक गर्नेक्रममा भन्सार छलीका मोबाइल, लत्ताकपडाहरू लुकाएर ल्याएको पाइएको एसपी रेग्मीले बताए।

ट्रकको क्याबिनबाट ३५ वटा मोबाइल, २४ कार्टुन टाइल, २ कार्टुन औषधी र राधेराधे लेखिएको गम्छा कपडा गरी जम्मा १० लाख ९० हजार १७० बराबरको सामान बरामद भएको हो।

प्रहरीले अन्दाजी १२ लाख बराबरको पूरानो ट्रक पनि बरामद गरेको छ।

कार्यालयले जम्मा २२ लाख ९० हजार १७० रुपैयाँ बराबरको ट्रकसहित सामान बरामद गरेको हो। चालक, ट्रक र सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसएको एसपी रेग्मीले बताए।

२०८० बैशाख २१, बिहीबार प्रकाशित 1 Minute 895 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।