२०८१ बैशाख १४ शुक्रबार

होटल व्यवसायी संघ मेचीनगरको सुविधा सम्पन्न भवन बन्दै

मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरले सुविधा सम्पन्न भवन निर्माण कार्य शुरु गरेको छ ।

पूर्वको सिमावर्ती शहर काँकरभिट्टामा करिब ०–०–६ धुर जग्गामा निर्माण हुन लागेको भवन करिब २१ लाख लागतमा सम्पन्न हुने भवनको पहिलो छठ डलाई भैसकेको संघका अध्यक्ष सुरेश श्रेष्ठ (गोपाल) ले बताए ।

भवन निर्माणका लागि मेचीनगर नगरपालिकाबाट १० लाख, गोर्खा ब्रोअरी कम्पनीबाट ५ लाख र व्यवसायीहरुको तर्फबाट ४ लाख ५० हजारको सहयोगमा निर्माण हुन लागेको हो ।

बड्दो शहरीकरणसँगै पूर्वी नाका काँकरभिट्टा छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगायत दक्षिण एसियाका विभिन्न मुलुकसँग स्थल मार्ग जोडिने मुख्य नाका हो । यहाँ करिब ३ सय बढि सुविधा सम्पन्न होटलहरु संचालित रहेको संघका सचिव हस्तबहादुर तामाङ्गले बताए ।

पछिल्लो समय आन्तिरक तथा बाह्रिय पर्यटकका लागि आर्कषणको केन्द्रको रुपमा स्थापित गर्न संघले विभिन्न कार्यक्रम र सरोकारवाला निकायसँग समन्वय गर्दै आएको छ । व्यवसायीहरु कोरोना संक्रमणको सामना गर्दै थलिएको व्यवसायबाट तङ्गरिन थालेका छन् ।

स्वच्छ र सहज वातावरण निर्माणको व्यवस्थापन गर्दै संघले बजार सरसफाई, डस्टविन वितरण विभिन्न जन चेतना मुल्क कार्यक्रमसँगै अतिथिहरुको सत्कारका लागि आवश्यक तालिमको समेत व्यवस्थापन गर्दै आएकोे संघका वरिष्ठ उपाध्यक्ष मान बहादुर गिरी (धुर्ब) ले बताए ।

संघले यही २०८० जेठ १३ गते चुनावी अधिवेश गर्ने निर्णय गरेको छ ।

२०८० बैशाख २०, बुधबार प्रकाशित 0 Minutes 321 Views

ताजा समाचार