२०८१ बैशाख ८ शनिबार

करिब अडाई करोड लागतमा खाद्य गोदाम निर्माण हुँदै

मेचीनगर । २० बेशाख २०८०

झापाको मेचीनगरमा एकहजार मेट्रिकटन क्षमताको खाद्य गोदामको शिलन्यास भएको छ । उक्त निमार्णाधिन खाद्य गोदाम नेपाल सरकार कृषी तथा पंशुपक्षी विकास मन्त्रालय र मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर–७ को संयुक्त लगानीमा निर्माण लागेको संस्थाका अध्यक्ष हरि बुढाथोकीले जानकारी दिए । मुल्य अभिवृद्धि कर सहित २ करोड ३५ लाख ९६ हजार ४ सय २८ रूपैयाँमध्ये २ करोड २३ लाख रूपैयाँको लागतमा गोदाम घर निर्माण हुन लागेको हो ।

बुधबार एक कार्यक्रमका बिच मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती र निवर्तमान नगरप्रमुख विमल आचार्यले संयुक्त गोदाम घरको शिलान्यास गरेका हुन् ।मेचीनगरको स्थापित मेची कृषक बहुमुखी सहकारी संस्था लि. का व्यवस्थापक दीपक काफ्लेले सञ्चालन गर्नुभएको शिलान्यास कार्यक्रममा मेचीनगर वडानम्वर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, ८ का वडाध्यक्ष गिरीराज धमला, १५ का वडा अध्यक्ष गुणराज भट्टराई , कार्यपालिका सदस्य चित्रकुुमार धिमाल, नगरपालिकाका आर्थिक विकाश शाखा प्रमुख दीपेन्द्र कार्कीलगायतको उपस्थिती रहेको संस्थाका उपाध्यक्ष दुर्गा सापकोटाले बताए । संस्थका अध्यक्ष हरि बुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो र सहकारीका शेयर सदस्य अगुवा कृषकहरूको सहभागिता रहेको थियो ।

२०८० बैशाख २०, बुधबार प्रकाशित 0 Minutes 199 Views

ताजा समाचार