२०८१ बैशाख १३ बिहीबार

महानन्द पुरस्कार साहित्यकार पोखरेल र कुरुपलाई

झापा, १८ वैशाख । महानन्द पुरस्कार साहित्यकारद्वय कोमलप्रसाद पोखरेल र सुन्दर कुरुपलाई प्रदान गरिने निणर्य भएको छ ।

नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समिति र महानन्द स्मृति प्रतिष्ठानले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरेर पुरस्कार पाउने साहित्यकारको नाम घोषणा गरेको हो ।

पोखरेल कनकाई नगरपालिका र कुरुप इलाम चुलाचुली निवासी हुन् । उनीहरुका थुप्रै कृति प्रकाशित छन् ।

यसवर्षदेखि वितरण हुने भवानी घिमिरे रंगपुण्य साहित्य सेवा पुरस्कार इलामेली कवि विमल वैद्यलाई प्रदान गरिने समेत निणर्य भएको छ । यो पुरस्कार साहित्कार एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले स्थापना गरेका हुन् ।

साहित्यकार एवम् राजनीतिज्ञ गोपालकुमार बस्नेतले स्थापना गरेको पूणर्टुंग स्मृति साहित्य सेवा पुरस्कार पाँचथरका साहित्यकार एवम् पत्रकार प्रेम ओझालाई प्रदान गरिने भएको छ ।

सबै पुरस्कारको नगद राशी १५-१५ हजारको छ । इलाामको रोङ स्थित देवानछापमा यही वैशाख ३० गते यी पुरस्कार वितरण हुने महानन्द सापकोटा स्मृति प्रतिष्ठानका अध्यक्ष वृहस्पति खतिवडाले जानकारी दिए ।

भाषाशास्त्री सापकोटा मुलुकको मूर्धन्य साहित्यकार एवम् राजनीतिज्ञ समेत रहेको महानन्द पुरस्कार समितिका महासचिव एवम् पत्रकार चन्द्र भण्डारीले बताए ।

२०८० बैशाख १८, सोमबार प्रकाशित 1 Minute 177 Views

ताजा समाचार