२०८१ बैशाख ११ मंगलवार

आधुनिक साकोसले दियो सदस्यलाई बिउ बिजन

भद्रपुर, १४ बैसाख । आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस) ले सदस्यहरुलाई बिउ बिजन वितरण गरेको छ ।

आज (बिहिबार) भद्रपुर-४ लक्ष्मीनगरस्थित चन्द्र मौलेश्वर महादेव सोम तिर्थ धाम भवनमा आयोजित सदस्य शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर संस्थाले दुईसय भन्दा बढी सदस्यलाई मौसम अनुकूलको बिउ बिजन वितरण गरेको हो ।

सदस्य शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रममा संस्थाका व्यवस्थापक पारस ओली, भद्रपुर कार्यालय प्रमूख प्रकाश आचार्य, बिर्तामोड कार्यालय प्रमूख माधव भट्टराईलगायतले शेयर सदस्यहलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सदस्यहरुलाई बिगतका वर्ष झैँ संस्थाका विविध कारोबारका बारेमा जानकारी गराइएको थियो । सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा ऋण सेवा र मोबाइल बैंकिङ सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको भद्रपुर व्यवस्थापन उपसमिति सदस्य मनिषा राईले बताईन् ।

प्रशिक्षार्थी सदस्यहरुकातर्फबाट दिपक लिम्बु, विश्वनाथ प्रसाद मण्डल, राजेन पौडेल र सुनसरा राईलगायतले कार्यक्रमबाट आफूहरु लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

संस्थाका सचिव भिमप्रसाद लम्सालको अध्यक्षता, भद्रपुर उपसमिति सदस्य मनिषा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन भद्रपुर कार्यालय प्रमुख प्रकाश आचार्यले गरेका थिए ।

२०८० बैशाख १४, बिहीबार प्रकाशित 1 Minute 174 Views

ताजा समाचार