२०८१ बैशाख ८ शनिबार

‘फ्लाइदुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएको छ । विमानस्थलले मंगलबार बिहान एक ट्विट गर्दै यस्तो जानकारी दिएको हो ।

एफजेड५७६ विमानमा समस्या देखिएसँगै टीआईएको व्यवस्थापनपक्षलाई आपत्कालीन व्यवस्थापन योजना र प्रक्रियाका लागि सतर्कतामा राखिएको विमानस्थलले भनेको छ ।

समस्या देखिएको केही समयपछि पाइलटले समस्या सामान्य भएको जानकारी दिएको र गन्तव्यमा नै उडान भर्न जारी राख्ने निर्णय गरेको विमानस्थलले गरेको ट्विटमा उल्लेख छ ।

घटनालगत्तै रनवे र वरपरको क्षेत्रमा कुनै पनि किसिमको प्रदूषण वा चरा ठोक्किएको सम्भावनाका लागि विमानस्थलका कर्मचारीले भौतिकरुपमै निरीक्षण गरेको विमानस्थलले जनाएको छ ।

‘यद्यपि, एफजेड५७६ विमानमा अहिलेसम्म कुनै पनि प्रदूषक वा चरा ठोक्किएको प्रमाण जोडिएको छैन,’ विमानस्थलले गरेको ट्विटमा भनिएको छ ।

२०८० बैशाख १२, मंगलवार प्रकाशित 0 Minutes 230 Views

ताजा समाचार