२०८३ जेष्ठ २१ बिहीबार

रवि लामिछानेले कटाए ५० हजार मत

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । कुल ७८ हजार २७७ मत खसेको चितवन–२ मा ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५० हजार ७९ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ९ हजार १६५ मत आएको छ । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले आठ हजार ८७७ मत ल्याएका छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढाएका छन् ।

२०८० बैशाख १२, मंगलवार प्रकाशित 0 Minutes 374 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।