झापा । बारा–२ को निर्र्वाचनको मत गणना भइरहेको छ । बारा–२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अन्ततः आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रभु साहको समर्थन लिएको कुरा बाहिर आएको छ ।
आजपा निकट स्रोतले दिएको जानकारी अनुसार गत शनिवार सीके राउत र प्रभु साह बीच झण्डै दुई घण्टा चलेको गोप्य बैठक पछि यो सहमति भएको थियो । कलैयास्थित एक पत्रकारको घरमा भएको गोप्य बैठक भएको भएको थियो ।
आम जनता पार्टी बारा जिल्लाका एक जना पदाधिकारी अनुसार राउत र साह बीच पटक–पटक पहिले पनि भेट भएको तर बैठकमा ठोस सहमति भएको जानकारी गराएका थिए । सीके राउत र प्रभु साह बीच जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जसरी पनि पराजित गर्ने सहमति भएको खुलासा सार्वजनिक भएको छ । उपेन्द्र यादवका कारणले नै आफूले नेकपा एमाले परित्याग गर्न बाध्य भएको बताउंदै प्रभु साहले आफ्नो कारणले उपेन्द्र जिते त्यसको अपयश लिन तयार नभएको कुरा आफ्ना निकटका पार्टी नेतालाई ब्रिफिङ गरेका थिए ।
जनमतका अध्यक्ष सीके राउतले पनि आफूले ठूलो मतान्तरले उपेन्द्र यादवलाई पराजित गरेको तर चोर बाटो हुँदै संसद छिर्ने दाउमा रहेकोले जसरी पनि उपेन्द्रलाई हराउन कम्मर कसेको बताएका थिए । आजपा स्रोतले दिएको जानकारी अनुसार सीकेले प्रभु साहलाई उपेन्द्र यादवलाई चुनावमा पराजित गर्न सहयोग गरे आउने दिनमा कार्यगत एकता हुँदै पार्टी एकता गरि राजनीतिक कोर्स अघि बढाउने प्रस्ताव गरेका थिए ।
सीके राउतको प्रस्तावमा आफ्नो सहमति रहेको बताउँदै प्रभु साहले मतदानमा जनमतका उम्मेद्वार शिवचन्द्र कुशवाहालाई मतदान गर्न गोप्य सर्कुलर जारी गर्ने प्रतिबद्धता जताएका थिए । उपेन्द्रलाई पराजित गर्न दक्षिणको दबाबमा जनमत र आजपा बीच सहमति भएको आशंका जसपाका नेताहरूको छ ।
……………………….
२०८० बैशाख ११, सोमबार प्रकाशित
0 Minutes
264 Views