२०८१ बैशाख १५ शनिबार

बारा–२ उपेन्द्र यादवले जित्लान् त ?

झापा । बारा–२ मा आइतबार उपनिर्वाचन सम्पन्न भएको छ । मतदान भएपनि मतगणना अझै हुन सकेको छैन । निर्वाचनमा चर्चित नेता उपेन्द्र यादव र रमेश खरेल चुनावी मैदानमा छन् । विगत डेढ दशकदेखि मधेशी जनतालाई झुक्याउँदै, फकाउँदै, लोभ्याउँदै राजनीति गर्ने महारथ हाँसिल गरेका उपेन्द्र यादवको कार्यशैलीलाई जनताहरु बुझिसकेको हुँदा उनको हार लगभग सुनिश्चित भएको छ । बारा–२ बाट नयाँ अनुहारलाई जनताहरुले अवसर प्रदान गर्ने र उपेन्द्रको विदाइ गर्ने मनस्थितिमा पुगेको जनताहरुको राय देखिन्छ ।
मधेशवादको राजनीति सुरु गरेका जसपा अध्यक्ष उपेन्द्र यादव मधेशी मुद्दा एवम् नारालाई सत्ता सुख भोग्ने एक माध्यम बनाएको, मधेशवादलाई पुल बनाएर सजिलै संघीय राजधानीको सत्तामा पुग्ने एक मात्रै सपना उनको रहेको कुरा मधेशका जनताहरु राम्ररी बुझिसकेको छन् ।
सत्ता पदलोलुप्ताका लागि कहिले एमालेसँग र कहिले नेपाली काँग्रेससँग गठबन्धन गरेर सत्ताको स्वाद चाखिसकेको उपेन्द्रको चरित्र एवम् व्यवहारबाट नेपाली राजनीतिमा उनलाई अवसवादी नेताको रुपमा चिनिने गरिन्छ । सत्ता, पावर, पैसा, जातिबाद प्रमुख प्राथमिकतामा रहेका यी नेताहरुको अव विदाइको दिन निकै नजिक आइसकेको बाराको जनताहरुको भनाई छ ।
उपेन्द्रको राजनीतिक यात्राको सुरुआत तत्कालीन नेकपा प्रजातान्त्रिकबाट सुरु गरेको भएपनि समय परिवर्तनसँगै उनले नेकपा एमाले हुदै नेकपा माओवादी केन्द्रमा समेत रहेर राजनीति गरेका थिए । केही कारणले नेकपा माओवादी केन्द्रले उनीमाथि विश्वास गर्न छाडेपछि मात्रै उनी मधेशवादी भएका थिए ।
यति पार्टी परिवर्तन गर्दै आफू नेतृत्वमा मधेशवादीको पार्टी खडा गरेर विगत दुई दशक देखि मधेशका जनताहरुलाई गुमराहमा पार्दै राजनीतिक गर्दै आएको उनलाई अहिले बारामा जनमत पार्टीले ठूलो चुनौती दिइरहेको छ । केही राजनीति विश्लेशकहरु यहाँसम्म भन्ने गरेको छ की उपेन्द्रको बाराबाट पनि विदाइ हुने निश्चित भइसकेको छ, यहाँबाट जनमत पार्टीले विजयी हुने प्रवल सम्भावना रहेको उनीहरुको राय प्रकट गरेका छन् ।
……………………….

२०८० बैशाख ११, सोमबार प्रकाशित 0 Minutes 196 Views

ताजा समाचार