२०८३ जेष्ठ २८ बिहीबार

स्वार्थ समूह हावी भएको भन्दै मेचीनगर-४ का वडा इञ्चार्जसहित ६ जनाले त्यागे एमाले

बाहुनडाँगी, १० वैशाख । नेकपा एमाले मेचीनगर वडा नं. ४ का वडा इञ्चार्जसहित ६ जनाले पार्टी परित्याग गरेका छन् ।

आइतबार संयुक्त विज्ञप्ति प्रकाशित गरी एमालेभित्र व्यक्तिवादी प्रवृत्ति बढेको र स्वार्थ समूह हावी भएको भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा वडा नं. ४ का इञ्चार्ज प्रविण भण्डारी, सहइञ्चार्ज प्रणा कार्की, सहसचिव प्रकाश पाण्डे, सचिवालय सदस्य किरण प्रधान र संगठित सदस्य सुस्मिता खतिवडा छन् ।

विज्ञप्तिमा पार्टीमा समर्पित भई लागेको अवस्थामा समेत अनेक लाञ्छनाको सामना गर्दै पार्टीलाई विभिन्न निर्वाचनमा जिताउन लागेको उल्लेख छ ।

तर, पछिल्लो समय इमान्दार कार्यकर्तालाई पाखा लगाएर स्वार्थ समूह हावी हुन थालेकाले पार्टीमा बसेर काम गर्ने वातावरण नभएको विज्ञप्तिमा उल्लेख छ ।

२०८० बैशाख १०, आईतवार प्रकाशित 0 Minutes 525 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।