२०८३ जेष्ठ २१ बिहीबार

यी हुन् मतदान गर्न नपाउने उमेदवार, रास्वपाका तीनैजनाले भोट नदिने

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान जारी छ । मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भिड लागको छ । तर, उपचुनावमा आफै उमेदवार रहेका केही व्यक्तिले भने मतदान गर्न पाउने छैनन् ।

ती उमेदवारले आफू उमेदवार रहेको अथवा उपनिर्वाचन हुन लागेको क्षेत्रमा मतदाता नामावली नभएकाले मतदान गर्न नपाएका हुन् ।

चितवन–२ का उमेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतदाता नामावलीमा काठमाडौंमा भएकाले उनले आफूलाई मत दिन पाउने छैनन् । यस्तै, सोही क्षेत्रमा नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेको पनि मतदाता नामावली चितवन–३ मा भएकाले मत दिन पाउँदैनन् ।

यता, तनहुँ–१ मा रास्वपाका उमेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली चितवनमा छ । एमाले उमेदवार सर्वेन्द्र खनालको काठमाडौंमा छ ।

बारा–२ मा सत्ता गठबन्धनका उमेदवार जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका पुरुषोत्तम पौडेलको मतदाता नामावली पनि त्यहाँ छैन । रास्वपाका उमेदवार रमेश खरेल काठमाडौका मतदाता हुन् ।

२०८० बैशाख १०, आईतवार प्रकाशित 0 Minutes 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।