२०८१ बैशाख १२ बुधबार

भद्रपुर र हल्दिबारीमा ३० घण्टादेखि विद्युत सेवा अवरुद्ध

भद्रपुर । भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकामा ३० घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रको सब स्टेसनभित्र समस्या हुँदा दुई पालिकामा शनिवार बिहान ३ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् । भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईँका अनुसार सब स्टेसनभित्रको ११ केभी इनकर्भरमा समस्या आएको हो । समस्या आएपछि विराटनगरबाट प्राविधिक टोली बोलाएर मर्मत कार्य भइरहेको बताउँदै उनले भने, कहिले बन्ला भनी अहिले नै भन्न सकिँदैन, विद्युत् सुचारु गर्न अझै समय लाग्छ ।

२०८० बैशाख १०, आईतवार प्रकाशित 0 Minutes 158 Views

ताजा समाचार